समृद्धिको साझा यात्रामा सहभागी बन्नुहोसः प्रधानमन्त्री ओली


काठमाडौ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको साझा यात्रामा सहभागी हुन आह्वान गरेका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान स्थापनाको २६ औं वर्षका अवसरमा मंगलबार काठमाडौमा आयोजना गरिएको कार्यक्रममा उनले ओलीले समृद्धिको साझा यात्रामा सहभागी भएर मुलुकलाई अघि बढाउनुपर्ने बताए । सरकारको आलोचना गर्न खर्चने समय मुलुकको निर्माणमा लगाउन सुझाव दिदै उनले वर्तमान सरकारकै पालामा मुलुक समृद्ध बन्ने जिकिर गरे । कार्यक्रममा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्