सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउने नेकपाको निर्णय


bigeptiकाठमाडौं, २ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धयले सरकारलाई सफल बनाउने दिशामा एकताबद्ध भएर अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको नेकपाको पहिलो स्थायी समिति बैठकको सम्वोधन गर्दै अध्यक्षद्धय ओली र प्रचण्डले सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन सम्पुर्ण नेता कार्यकर्तालाई एकतावद्ध भएर लाग्न निर्देशन दिएका हुन् । बैठकले पार्टी एकता अदितिय र असाधारण भएको निष्कर्ष निकालेको छ । पार्टी एकताले कार्यकर्तासँगै जनतामा उत्साह छाएको पाइएको उसले बताएको छ ।पार्टीको नियमावलीको बारेमा १० दिनभित्र सबै स्थायी समिति सदस्यबाट सुझाव लिई सोही आधारमा सचिवालय बैठकले नियमाविलाई स्थायी समितिमा पेस गर्ने निर्णय बैठकले गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले एकतालाई थप सुदृढ गर्दै संगठनात्मक संरचनालाई छिटो अन्तिम रुप दिनु पर्नेमा जोड दिएको छ ।

स्थायी कमिटीको बैठकमा सरकारको कामकारबाहीबारे पनि छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सरकारको कामले जनतामा सकारात्मक प्रभाव परेको ठहर गर्दै बैठकले अझ राम्रो गर्न आत्मसमिक्षा गर्दै अघि बढ्ने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्टमन्त्री प्रदीप ज्ञवालीले आसन्न चीन भ्रमणारे जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्