कोरोना रोकथाम अभियान: स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने सरकारको निर्णय


काठमाडौँ, २३ चैत । सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो । त्यसरी परिचालित हुने देशैभरका ५० हजार स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्