सरकारको ज्यादती विरुद्ध कडा आन्दोलनमा उत्रन्छौः महामन्त्री कोइराला


काठमाडौ, ९ साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वाम सरकारको ज्याजदी विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । साथै उनले सरकारको निरंकुशताविरुद्ध जुध्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
बीपी स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले सरकारले शान्तिपूर्ण विरोध प्रदर्शनमा पञ्चायती शैलीमा तरुण दलका नेता, कार्यकर्तामाथि बानेश्वरमा आक्रमण गरेको आरोप लगाए ।

सरकारको ज्यादती पूर्ण व्यवहारकाविरुद्ध नडराई बोल्न नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।उपसभापति विमलेन्द्र निधिले सरकारले दुई तिहाइ दम्भका साथ अधिनायकवादी चरित्र देखाइरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न पार्टीका सबै जनवर्गीय संगठनहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्