सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं:गगनकुमार थापा


काठमाडौ, ३१ वैशाख । प्रमुख प्रतिपक्षी दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण मात्र भएको टिप्पणी गरेका छन । संघीय संसद, प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कुन दृष्टिकोणले सफल भयो भन्दै प्रश्न गरे । उनले नाकाबन्दीको पीडा कुनै नेपालीले पनि नबिर्सेको बताए । उनले सम्बोधनका क्रममा राष्ट्रियतालाई भोटको विषय नबनाउन आग्रह समेत गरेका छन् । नेपालको भारत र चीनसँगको सम्बन्धबारे साझा दृष्टिकोण बनाउने बेला आएको भन्दै उनले भने, ‘सरकारमा रहे पनि प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं, अनि बल्ल तीर्थयात्रा होला वा मित्रयात्रा होला, त्यसबाट नेपालले लाभ लिन सक्छ ।’ बैठकमा विभिन्न सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्