सरकारले जनताको अपेक्षा अनुसार काम गर्न सकेनः प्रकाशमान सिंह


काठमाडौँ, १६ असोज । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधैँ साथ र सहयोग रहने स्पष्ट पारेका छन ।

नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उनले भने, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधैँ साथ रहन्छ ” ।

उनले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । “निर्वाचनको समयमा स्थिर, सुशासन र समृद्धिको नारा दिएको तर अहिले सरकारले निर्वाचनको प्रतिवद्धता अनुरुप काम गर्न सकेको छैन,”–उनले भने । उनले जनताले आशा गरे अनुसार आर्थिक समृद्धिको नारा कार्यान्वयन हुन सकेन भन्दै बरु मूल्यवृद्धि बढेर जनताले दुःख पाइरहेका छन् भने ।

नेता सिंहले काङ्ग्रेसलाई प्रभावकारी ढङ्गले अगाडि लैजान आफूहरु लागिरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्