सरकारले यात्रुलाई सुविधा नदिएको भन्दै संसदमा सांसदको आक्रोश


१८ असोज । व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा सांसदले दसैँ तिहारजस्ता चाडबाडमा सवारीधनीले एकाधिकार प्रणाली कायम राखेको र जनतालाई दुःख दिएको तथा सवारी साधनको अभावमा यात्रुले हैरानी खेप्नुपरेको भन्दै गुनासो गरेका छन् ।
सरकारले यात्रुलाई सुविधा नदिएको, दुर्घटना बढेको तथा तोकिएको भन्दा बढी भाडा असुल गर्दा समेत प्रशासन मूकदर्शक बनेको उनीहरुको आरोप थियो ।

उनीहरुले स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा भइरहेको विवाद तत्काल समाधान गरेर निर्वाचनको वातावरण बनाउनुपर्ने तथा स्थानीय निकायमा विशेष स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र लगायत घोषणा गर्नुपर्नेमा जोड दिए । यसरी धारणा राख्नेमा भरतकुमार शाह, योगेन्द्र तामाङ लगायत थिए ।

प्रतिक्रिया दिनुहोस्