सरकारले विकास निर्माणको कामलाई प्राथमिकता दिएनः नेता नेपाल


काठमाडौ, २७ वैशाख । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विकास निर्माणको कामलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

वरिष्ठ नेता नेपालले सरकारले विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । विहिवार बंगलादेश दुतावासले काठमाडौंमा गरेको एक कार्यक्रममा उनले सरकार सुशासन कायम गर्ने कुरामा पनि कमजोर देखिएको टिप्पणी गरे ।
नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोचको अभाव रहेको बताए । उनले सरकारले मुलुकमा रहेको स्रोतलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अवसर गुमाउन नहुने पनि स्पष्ट पारे ।

वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले नेपालले बंगलादेशसंगको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्