सरकारले सार्वजनिक गरेको बजेटबारे कांग्रेसले छलफल गर्दै


काठमाडौ, १६ जेठ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे नेपाली कांग्रेसले छलफल गर्दै छ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा बजेटबारे छलफल हुने भएको हो ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो । बजेटबारे अनेकखाले टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले यसबारे साझा धारणा बनाउन बुधबारका लागि बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए ।
यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्