सरकारविरुद्ध एकताबद्ध भएर लाग्छौं– नेपाली काँग्रेस


काठमाडौं, ५ असार । डा. गोविन्द केसीको सर्मथन गर्दै सरकारको विरोधमा नयाँ वानेश्वरमा निकालिएको तरुण दलको जुलुसमा प्रहरीले धरपकड र दमनको नेपाली कांग्रेसले भत्सर्ना गरेको छ । ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा जुलुसमाथि भएको हस्तक्षेपको कडा शब्दमा भत्सर्ना गर्दै यसबाट पार्टीले सरकारविरुद्ध झनै एकताबद्ध भएर उभिने पर्ने आवश्यकता महसुश भएको लेखिएको छ । विज्ञप्तिमा भनिएको छ । एकातर्फ संसदलाई छलेर ८ दिनपछि सार्ने अनि अर्कातर्फ सडकको प्रदर्शनमा पनि दमन गर्ने सरकारका विरुद्ध झनै एकतावद्ध ढंगले उभिनु पर्ने आवश्यकता हामीले महसुस गरेका छौँ ’ नेपाली कांग्रेसको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै आजको समस्याको वास्तविक समाधान हो भन्ने विषयमा हामी प्रष्ट छौँ । त्यसलाई हुबहु विधेयकका रुपमा ल्याउनु नै डा.गोविन्द केसीले जारी राख्नु भएको अनशनको समाधान हो भन्ने कुरा जगजाहेर छ ।’
तर, अनशनको तेस्रो साता पूरा भैसक्दा पनि वार्ता मार्फत समाधान खोज्ने र उनको जीवन रक्षा समेत गर्ने विषयमा सरकार गम्भीर नबनी सरकार गैर जिम्मेवार बनेको विज्ञप्तिमार्फत कांग्रेसले आरोप लगाएको छ ।

चकित्सा शिक्षा विधेयक, चर्को मूल्यवृद्धि, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा लगायतका मुद्दाहरुमा पार्टीको आन्दोलन जारी रहेको उल्लेख गर्दै भनिएको छ, ‘ सरकार आफ्नो रवैया रुपान्तरित गरेर तत्कालै समाधान खोज्नतर्फ नलागे अधिनायकवाद उन्मुख शैलीका विरुद्ध अझ प्रभावकारी र एकीकृत आन्दोलनको ज्वारभाटा झेल्नु पर्ने चेतावनी दिन चाहन्छौँ विज्ञप्तिमा उल्लेख छ ।

वानेश्वर घटनामा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाली कांग्रेस ललितपुरका सभापति मदन अमात्य, नेपाल प्रेस युनियनका महासचिव अजयवावु शिवाकोटी लगायत ४ दर्जनभन्दा बढी घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्