सरकारविरुद्ध मन्त्री थापाकै आक्रोश– ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण भयो’


१७ वैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि सरकारमा सहभागी एक दलले विरोध गरेको छ । सरकारमा सहभागी दल राप्रपाका अध्यक्ष कमल थापाले विरोध गरेका हुन् ।

उनले महाअभियोग प्रस्ताव दर्ता भएको करिब एक घण्टामा टवीट गर्दै विरोध गरेका छन् । ‘प्रधानन्यायाधी सुशीला कार्कीविरुद कांग्रेस–माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण,’ उनले भनेका छन्, ‘न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।’

प्रतिक्रिया दिनुहोस्