सरकारी कर्मचारीको भत्ता खारेज हुने !


काठमाडौ, २७ वैशाख । सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुनेभएको छ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने बताइएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो । केही निकायका पदाधिकारीहरूले एक दर्जन प्रकारका भत्ता खाँदै आएका छन् । जुन तलवको दोब्बर र तेब्बरसम्म देखिन्छ । यस्तो विकृतिलाई उक्त नीतिले रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्