डाक्टरको आन्दोलनलाई चिकित्सक संघको समर्थन, विरामी झन चेपुवामा


काठमाडौं, २९ चैत । डाक्टरको आन्दोलनले सरकारी अस्पताल अस्तव्यस्त बनेका छन । सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै देशभरका सरकारी चिकित्सक विगत आठ दिनदेखि आन्दोलनमा लागेपछि विरामीको विचल्ली भएको हो ।
गत शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गरेर आन्दोलनमा छन् । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि लाखौं बिरामी बिचल्लीमा परेका छन् । सरकारी चिकित्सकहरुको आन्दोलनलाई नेपाल चिकित्सक संघले पनि समर्थन जनाएपछि बिरामी झन् चेपुवामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्