सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार भइरहेको छः प्रधानमन्त्री ओली


काठमाडौ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकवादको बाटोमा नभई समाजवादको बाटोमा हिँडिरहेको दावी गरेका छन् ।
काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा उनले सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार भइरहेको बताए ।
‘सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ’ उनले भने समतामूलक समाज निर्माण गर्न तिब्र गतिका साथ अघि बढ्दैछ, यस अवसरलाई हामी कसैले पनि तलमाथि गर्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले अधिनायकवाद आयो भन्नेजस्ता झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्नेतर्फ पनि प्रमुख प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराए । उनले पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी सरकारले काम गर्ने उल्लेख गर्दै त्यसका लागि आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रह गरे ।परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ । सो मस्यौदामा देखिएको कमीहरुलाई हटाउन र मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न पनि प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्