सरकार परिवर्तन नेपालमा, खुसियाली भारतमा


१० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएपछि नेपालमा उनको प्रशंसा भइरहेको छ । तर, छिमेकी भारतमा भने उनले राजीनामा दिँदा खुसियाली देखिएको छ । भारतीय संस्थापन निकट सञ्चारमाध्यमहरुमा त्यो खुसी प्रकट भएको छ ।
एनडीटीभीले सञ्चालन गरेको आफ्नो बेबसाइट एनडीटीभी डट कममा प्रधानमन्त्री ओलीको राजीनामालाई भारतीय नीतिको प्रमाणका रुपमा उल्लेख गरिएको छ । त्यहाँ भनिएको छ, ’ओली चीनतिर ढल्केका थिए । त्यही कारण प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सुरक्षा सल्लाहकार अजित डोभलको आलोचना पनि भइरहेको थियो । तर, नेपालका मधेसी समुदायका तर्फबाट भारतले ओलीमाथि हस्तक्षेप गर्यो र उनी राजीनामा दिन बाध्य भए ।’
संस्थापन निकट पुरानो अखबार टाइम्स अफ इन्डियाले ओलीको पतन भारतका लागि खुसी शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ, ‘ओलीले नेपाललाई भारतविरोधी राज्य बनाउन खोजेका थिए, जुन सफल भएन र उनी विदा भएका छन् ।’
हिन्दुस्तान दैनिकले ओलीको बहिर्गमनका खुसी प्रकट गर्दै त्यसबाट नेपालको राजनीतिमा भारतको पुनरागमनको ठोकुवा गरेको छ । उक्त पत्रिका लेख्छ, ‘अब भारतको पुनरागमन हुनेछ, नेपालको एकताको बातावरण बन्ने छ र माइक्रो मेनेजमेन्छ गर्ने चीनको प्रयास असफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस्