सरकार पुनर्निर्माणको काममा हल्का र हचुवारुपमा प्रस्तुत भयोः महत


काठमाडौः पूर्व अर्थमन्त्री रामशरण महतको राष्ट्रिय स्वार्थ भन्दा पनि दलगत स्वार्थ हावी हुँदै गएकाले पुनर्निर्माणको काममा ढिलाई भएको दाबी गरेका छन् । उनले नकावन्दी र मधेस आन्दोलनले पनि पुनर्निर्माणको काममा ढिलाई बताए ।

‘सरकार पुनर्निर्माणको काममा हल्का र हचुवा ढंगबाट अघि बढ्यो,’ उनले भने, ‘प्राधिकरणले पनि प्रभावकारी ढंगले काम अघि बढाउन सकेन । जसका कारण भूकम्प गएको एक वर्ष वितिसक्दा पनि भूकम्प पीडितको अवस्था जस्ताको त्यस्तै रहिरह्यो ।’ महतल भूकम्पपछिको पुनर्निर्माणको चरणमा अत्याधिक मात्रामा काम भएको दाबी गरे ।

‘हामीले सबैतिरबाट त्यसको प्रंशासा पनि पाएका थियौँ । त्यति मात्र होइन, म त्यति बेला अर्थमन्त्री थिएँ । म अर्थमन्त्री भएका बेला रकम जुटाउने काम पनि सक्रिय ढंगले अघि बढेको थियो,’ उनले भने, ‘हामी सबैको सक्रियताले रकम पनि राम्रो संकलन भएको थियो । दातृ निकायसँग सहयोग जुटाउने काममा पनि निकै उत्साहपूर्व सहभागिता रहेको थियो ।

त्यसैबेला नयाँ सरकार गठन भयो । नयाँ गठन भएको सरकारले जसरी पुननिर्माणको कामलाई सक्रिय ढंगले अघि बढाउनु पर्ने थियो । त्यो भने हुन सकेन ।’ महतले सरकारले चालु आर्थिक वर्षका लागि सम्वन्धित मन्त्रालयमार्फत १७ अर्व र पुनर्निर्माण प्राधिकरणमार्फत खर्च गर्ने गरी ९१ अर्ब रुपैयाँ विनियोजन गरेको भएपनि त्यो सरकारले युद्धस्तरमा काम नगरेकाले सबैलाई निरास बनाएको भन्दै चिन्ता व्यक्त गरे ।

भूकम्प पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि करिब ८ खर्ब लाग्ने अनुमान गरेको छ । तर अहिलेसम्म प्राधिकरणको तथ्याङ्क अनुसार २१ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ । यो रकम करिब २ दशमलब ६९ प्रतिशत मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्