सरकार र डा.गोविन्द केसीबीचको आजको वार्ता सफल होला ?


काठमाडौ, १० साउन । पटक पटकको वार्ता असफल भएपछि बिहीवार पनि सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता जारी छ । प्रधानमन्त्री केपी ओलीले केसीतर्फका वार्ताकारसँग अनौपचारिक सहमति गरेपछि आज वार्ता हुन लागेको हो ।
२७ दिनदेखि अनशनरत डाक्टर केसीका माग सम्बोधन गर्न गम्भिर बनेको सरकारले बिहीबारको वार्तालाई निर्णायक बनाउने गरी वार्ता शुरु गरेको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयमा हुने वार्ताबाट गोविन्द केसीको अनसन टुंग्याउने गरी विषयवस्तुमा सहमति हुन लागेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

प्रतिक्रिया दिनुहोस्