सरकार र मधेशी मोर्चाको बैठकमा बालुवाटारमा सम्पन्न, कुनै पनि सहमति भएन


८ मंसिर  । संविधान संशोधनबारे छलफल गर्न बुधबार मधेशी मोर्चाका नेतासँग प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकार र मधेसी मोर्चाबीचको संयुक्त बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा  प्रधानमन्त्रीले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सीमांकनका विषयमा संशोधन प्रस्ताव पेश गर्ने र  प्रस्ताव दर्तापछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँग छलफल गरेर सहमति खोज्ने प्रस्ताव राखेका थिए ।

तर, मोर्चाका नेताहरुले भने संशोधनको प्रस्ताव नयाँ नभएको भन्दै एजेण्डामा केन्द्रित हुन आग्रह गरेका थिए । बैठकमा सहभागी मोर्चाका नेता  ह्देयस त्रिपाठीले बैठकमा कुनै नयाँ कुरा नभएको जानकारी दिए । सरकारले संविधान संशोधनको विषयमा कुरा गरेको धेरैभएको भन्दै सुन्दा सुन्दा दिक्क भएको प्रतिक्रिया दिए । बुधबारको बैठकमा पनि केही नयाँ कुरा नभएको उनको भनाई थियो । बैठकमा मोर्चाका नेताहरुले पहिला तीन ठूला दलबीच एक मत भएर आउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्