सरिता गिरीको विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत


काठमाडौं,३० जेठ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको विधेयकमाथिको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया नपुगेकाले विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको भन्दै सांसद गिरीलाई बोल्न नदिने रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्