सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा जोशीको निर्णय


काठमाडौं, २९ जेठ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दिपकराज जोशीलाई नियुक्त गर्ने निर्णय भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियभाका अध्यक्ष गणेश तिमिल्सिना, सभामुख कृष्णबहादुर महरा, प्रमुख विपक्षी दल कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा, उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री तामाङ उपस्थित थिए ।
संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन भए राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा जोशीलाई नियुक्त गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्