सर्वोच्च अदालतमा पाँच न्यायाधीश सिफारिस


काठमाडौ, १९ चैत । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षमा बसेको बैठकले सर्वोच्चका लागि सिफारिस गरेका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा र कानून व्यवसायीबाट मोरङका पूर्व महान्यायाधिवक्ता हरि फुयाँल, काठमाडौँबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा मनोजकुमार शर्माको नाम सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए । न्यायाधीश नियुक्तिका लागि सोमबारदेखि बसेको बैठक आज सम्पन्न भएको थियो । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त रहेको थियो । बैठकमा प्रधानन्यायाधीश राणा, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका तर्फबाट सदस्य दीपककुमार कार्की र सदस्यहरु कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, रामप्रसाद सिटौला र पदम वैदिक रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्