सल्यानमा घरले च्यापिएर एकै घरका पाँचको ज्यान गयो


काठमाडौ, १३ भदौ । सल्यानमा घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँच जनाको च्यापिएर मृत्यु भएको हो । घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा ३९ वर्षीय रामसिंह कामी, उनकी ३५ वर्षीया श्रीमती रामकला कामी, ६ वर्षीया छोरी गङ्गा , पाँच वर्षीया छोरी प्रमिला र चार वर्षीय छोरा रुपलाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृतक रामसिंहको एकतले घरको दलिन र पर्खाल भत्किएपछि च्यापिएर पाँचैजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । घटनालगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि सिमाखोली प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरीको उद्धार टोली पुगेको थियो । घटनामा परेकी मृतककी ११ वर्षीय छोरी सुनिता कामीलाई जीवितै उद्धार गरिएको छ । अहिले सुनिताको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्