सशस्त्रका ३ एआईजीको सरुवा


काठमाडौ, १९ साउन । सरकारले सशस्त्रका तीन जना अतिरिक्त महानिरीक्षक ९एआईजी०को सरुवा गरेको छ ।

मन्त्रिपरिषद्ले एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई पठाएको छ ।प्रधान कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी रामशरण पौडेललाई पठाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्