सशस्त्र प्रहरी जवानबाटै बलात्कृत भइन एक महिला


३१ जेठ । एक महिला सामूहिक बलात्कारको सिकार भएकी छिन् । शिवराज नगरपालिका–१० की ३५ वर्षीय एक महिला आइतबार साँझ करिब ८ तिर बलात्कृत भएकी हुन् ।

बोल्न समेत नसक्ने ती थारू महिला भैँसी चराउन आएको बेला बलात्कृत भएकी हुन् । जानकारी अनुसार ती महिलालाई सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार हुन् । घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ ।

फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्