सस्तो तेल भारततिरै गइरहेको आपूर्तिमन्त्रीको खुलसा


काठमाडौ, २१ जेठ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपालबाट तेल भारतमा तस्करी भइरहेको खुलसा गरेका छन । भारतमा भन्दा नेपालमा पेट्रोल र डिजेल २० रुपैयाँ सस्तो हुँदा नेपालबाट तेल तस्करी भइरहेको बताएका हुन ।
सोमबारको संसद बैठकमा उनले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको बताएका हुुन् ।
‘अहिले पनि नेपालबाट दिनको धेरै मात्रामा तेलहरु बोर्डरपारी जाने गरेको छ, गाडी आउँछन् तेल भर्छन् लग्छन्’ उनले भने ‘अझै तेल घट्यो भने आयल निगम डुब्ने हुन्छ ।’
गत शनिबार मूल्यवृद्धिपछि पनि आयल निगमलाई ३७ करोड रुपैयाँ घाटा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्