सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा हुन्छः प्रधानमन्त्री प्रचण्ड


२९ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै स्थानीय निर्वाचनको मिति घोषणा हुने दाबी गरेका छन् ।  प्रेस सेन्टर नेपाल सिरहाले लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् ।

उनले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेको पनि खुलासा गरे ।  ‘सहमतिमा छिट्टै निर्वाचनको मिति घोषणा हुन्छ,’ उनले भने ।  उनले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको भन्दै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको दाबी गरे ।

‘सकेसम्म मधेस, पहाड, हिमाल सबैको स्वीकार्यता बढाएर, मधेसी दललाई पनि विश्वासमा लिएर राष्ट्रिय एकतालाई बलियो बनार्इ संविधान कार्यान्वयन गर्ने र निर्वाचनको वातारण बनाउनेतिर नै सरकारको जोडबल छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्