सांसदको न्युन उपस्थितिमा नीति तथा कार्यक्रममाथि छलफल


काठमाडौ, ९ जेठ । सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल जारी छ।
आजबाट सुरु भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको प्रस्ताव प्रस्तुत गरेका थिए भने प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सुरुमा आफ्नो धारणा राखेका थिए।
शीर्ष नेताहरु आ–आफ्नो धारणा राख्दै बाहिरिँदै गएपछि सांसदहरु पनि पातलिँदै गएका छन ।
सदनको कामकारवाही चल्दा मन्त्रीहरुको उपस्थिति रहनुपर्ने अनिर्वायता भएपनि नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा एक जना मन्त्रीमात्र बाँकी थिए।
संघीय समाजवादी फोरम नेपालका सांसद विमलप्रसाद श्रीवास्तबले बजेटमाथि धारणा राख्ने क्रममै उपस्थितिको विषय उठाएका थिए ।
सदनमा सांसदहरुको उपस्थिति एक तिहाइभन्दा कम देखिए पनि छलफल जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्