सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओली


काठमाडौ, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आइतबार जवाफ दिनेछन् ।
बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ । त्यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।
ती दुई बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए।
गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।
उक्त नीति तथा कार्यक्रममाथि दुवै सदनमा तीन दिन सम्म भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आज दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्