सांसद लिङदेनलाई मार्ने धम्कीविरुद्ध अनुसन्धान शुरु


काठमाडौं । राप्रपाका महामन्त्री एवम् झापा तीनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनलाई मार्ने धम्की दिनेलाई प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

फोनमार्फत् मार्ने धम्की दिने झापाका तिलकदास पराजुलीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको हो । विद्युतीय कारोबार ऐन अन्तर्गत मंगलवार जिल्ला अदालत काठमाडौंबाट तीन दिनको म्याद गरी अनुसन्धान शुरु गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको सामाखुसीबाट पराजुलीलाई नियन्त्रणमा लिएको हो । एनसेलको नम्बरबाट ५० लाख नदिए मार्ने धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्