सांसद सूर्यबहादुर केसीको निधन


पोखरा, १८ कार्तिक । राष्ट्रियसभाका सांसद एवम् वरिष्ठ उद्योगपति सूर्यबहादुर केसीको गए राति १०ः३० बजे पोखरा ७ एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको छ ।

मृगौला प्रत्यारोपण गरेका ६३ वर्षीय केसी उच्च रक्तचाप र मधुमेहबाट ग्रसित थिए । सोमबार राति एक्कासी बिरामी परेपछि चरक मेमोरियल अस्पताल लैजाने तयारी गर्दागर्दै उनको निधन भएको हो । राप्रपाबाट राजनीतिमा प्रवेश गरेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसबाटै प्रतिनिधि सभामा समानुपातिक सांसद भएका थिए ।

प्रतिक्रिया दिनुहोस्