साउदी अरबका महिला सम्बन्ध विच्छेद गर्नेदेखि रेस्टुरामा बसेर खाने अधिकारबाट बञ्चित


महिलाका लागि ज्यादै कडा कानुनी बाधा रहेको साउदी अरबका महिला आइतबारदेखि सवारी साधन चलाउन थालेका छन्। शनिबार शाही घोषणामार्फत् महिलालाई सवारी साधान चलाउन पाउने अधिकार दिएपछि महिला सवारी चलाउन थालेका हुन्। साउदी अरबका महिलालाई दिइएको उक्त अधिकारको विश्वभरका महिलाले खुशी व्यक्त गरेका छन्।
साउदीका महिलाले सवारी अनुमति पाए पनि बैंक खाता खोल्नबाट भने अझैं बञ्‍चित छन्। उनीहरु आफू खुसी खाता खोल्न पाउँदैनन्। बैंक खाता खोल्नुपर्दा पुरुष अभिभावको अनुमति लिनुपर्छ। त्यहाँको कानुनअनुसार प्रत्येक महिलाको एकजना पुरुष अभिभावक हुनुपर्छ।

साउदी अरबका महिलालले देश बाहिर जानु परेमा पुरुष अभिभावको अनुमति लिनैपर्छ। पुरुष अभिभावकबाट सहमति लिनुपर्ने नियम महिलाको जीवनका विभिन्न पक्षसँग सम्बन्धित छन्। अध्ययन गर्न वा अौषधि उपचार गर्न पनि बाहिर जानुपर्दा पुरुष अभिभावको अनुमति नलिइ हुँदैन। एक अभिभावको भूमिका बुवा, भाइ वा कोही अन्य पुरुषले निभाउने गर्छन्। यदि एकल महिलाको हकमा भने उसको छोरा अभिभावक हुनसक्छ।

बिबाह या सम्बन्ध विच्छेद गर्दा पुरुष अभिभावको अनुमति आवश्यक पर्छ। यदि छोरा सात वर्षभन्दा ठूलो र छोरी नौ वर्षको छ भने सम्बन्ध विच्छेद गर्दा महिलाले निकै सकस खेप्नुपर्छ। यस्तो बेलामा पुरुष अभिभावकले कुनै पनि अनुमति नदिन पनि सक्छन्।
साउदी अरबका महिलाले पुरुषसँग गएर रेष्टुराँमा खान पाउँदैनन्। खानै परे अलग अलग ठाउँमा बसेर खान्छन्।

यस्तै साउदी अरबका महिला आफूखुशी पहिरन लगाएर सार्वजनिक स्थलमा जान पाउँदैनन्। सार्वजनिक ठाउँमा अनुहार छोप्न नपरे पनि पूरै शरीर छोप्ने लुगा भने लगाउनै पर्छ। नियममा नहिँड्ने महिलालाई त्यहाँको धार्मिक प्रचलन अनुसार कारबाही हुन्छ।

प्रतिक्रिया दिनुहोस्