सातै प्रदेशको जानकारी दिने देउसी भैलो गीत (भिडियो सहित)


एआईए स्कुलले फेरि नयाँ भिडियो सार्वजनिक गरेको छ । यसअघि नेपाली व्याकरणको ह्रस्व दीर्घका नियम सिकाउने तीजको गीत ठूलो सफलता पाएपछि अहिले सामाजिक शिक्षा सिकाउने देउसी भैलो गीत सार्वजनिक गरेको छ । स्कुलका प्रबन्ध निर्देशक तथा नेपाली भाषाका शिक्षक विमल घिमिरेको शब्दमा संगीत राजकुमार घिमिरेले गरेका छन । यो भिडियो तिहारमा देउसी भैलोको भाकामा तयार पारिएको हो । सात वटा प्रदेशकै जानकारी दिएको गीतले विद्यार्थीहरुलाई निकै सहयोग गर्ने छ ।
भिडियोको छायांकन स्कुल परिसरमै गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्