साना दलले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र, के–के छ ज्ञापनपत्रमा ?


 

९ मंसिर  । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका साना २५ दलले आफूहरुलाई बेवास्ता गर्दै नयाँ कानुन बनाउन सरकार लागेकाले त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ती दलका नेताले सङ्घीय प्रणालीमा दलका नेतालाई दिइने सुविधा कटौलीती गर्नुपर्ने थ्रेस होल्डको व्यवस्था साना दललाई पनि समान हुनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्को पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ का विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा राज्य व्यवस्था समितिले आफूहरुलाई सहभागी नगराइएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पूर्व मन्त्री एवम् संसद् प्रेमबहादुर सिंहले जानकारी गराए ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहले संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरेको तर विधेयकमा संविधान विपरीत व्यवस्था गर्न लागिएको आरोप लगाए ।
उनले २०६४ र २०७० सालमा भएको निर्वाचनमा निर्वाचनको व्यवस्थाअनुसार नै हुनुपर्ने भन्दै आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । विसं २०६४ को निर्वाचनमा ५४ दलले भाग लिएकोमा २५ दल र २०७० सालमा १२२ दल सहभागी भएकामा ३० दलले मात्र संविधानसभामा प्रतिनिधित्व गर्न पाएका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै अन्य दलहरुसँग पनि छलफल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्