सानेपामा स्कुटरलाई जोगाउँदा भ्यानमाथि पल्टियो ट्रक, दुईजनाको घटनास्थलमै मृत्यु


काठमाडौ, २२ चैत । सानेपामा जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको ट्रकले भ्यानलाई ठक्करदिएपछि भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दिउसो १२ बजे जनक शिक्षा सामग्री केन्द्रको किताब बोकेको ट्रक सातदोबाटो हुँदै बल्खुतिर जादै गर्दा सानेपामा उक्त दुर्घटना भएको हो । विपरित दिशातिर जादै गरेको स्कुटरलाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन ।
तीव्र गतिमा आएको १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भई बल्खुबाट आइरहेको बा७च २१३१ टाटा मोबाइल भ्यानमाथि पल्टियो।
दुर्घटनामा परी भ्यानमा सवार दोलखा ठूलो पातलका ४० वर्षीय इन्द्रबहादुर सुनार र धनुषाकी डोल्मा शेर्पाको मृत्यु भएको छ।

घटनास्थलमा रहेका प्रहरी निरीक्षक रमेश सिलवालका अनुसार ललितपुर भैंसेपाटीकी १८ वर्षीया स्मृति मगर घाइते भएकी छन्।

प्रतिक्रिया दिनुहोस्