सामाजिक सचेतना फैलाँउदै किशोर किशोरी


२५ साउन । मकवानपुर जिल्ला मनहरी गाँउ बिकास समितिका किशोर किशोरीहरु समाजमा सचेतना फैलाउन सक्रिय रहेका छन् ।
मङगलबार एकता किशोर किशोरी संञ्जाल मनहरीका किशोर किशोरीहरुले जिल्लाको आमभन्ज्याङ गाँउ बिकास समितिमा सडक नाटक प्रर्दशन गरे ।

देशमा बाढि पहिरो लगायतका प्राकृतिक प्रकोपकारण लाखौँको धनजनको क्षति भइरहेका बेला उनिहरुले प्राकृतिक प्रकोप ब्यवस्थापन सम्बन्धी सडकनाटक प्रर्दशन गरेका हुन । kisori

प्राकृतिक प्रकोप जानकारी दिएर आउदैन रोक्न पनि सकिदैँन तर बेलैमा बिचार पु¥याएमा सम्भावित दुर्घटनाबाट बाँच्न र कम क्षति हुन सक्छ भन्ने सन्देश नाटकले दिएको स्थानीय गैर सरकारी सस्था सामुदायिक बिकास केन्द्रकी सहजकर्ता रुपा सुनारले बताइन् ।

गा बि स मा रहेका दलित तथा जनजाती समुदायका बालबालिकाहरुलाई समुदायिक बिकस केन्द्रले सम्वाद केन्द्र संचालन गरेपछी उनिहरु र उनिहरुका अभिभावकहरुमा परिवर्तन आइरहेको सुनारको भनाइ छ ।

आमभन्ज्याङ गाबिस का सयौँ स्थानीयको सहभागीतामा प्रदर्शन गरिएको सडक नाटकले समुदायमा प्राकृतिक प्रकोप ब्यवस्थापनमा सहयोग पुग्ने किशोर किशोरीको बिस्वास रहेको छ ।

समाजमा रहेका बिभिन्न किसिमका अन्धबिस्वास, जातिय भेदभाव, सरसफाई लगायतका क्षेत्रमा बिभिन्न कार्यक्रम, सडक नाटक, अभियानहरु किशोर किशोरले संचालन गर्दै आएका हुन । उनीहरुलाई यस अभियानमा अभिप्रेरित गराउन सामुदायिक बिकास केन्द्र नेपालको (एल ए आई) परियोजनाले सहयोग गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्