सार्कका सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु


काठमाडौँ, २ चैत । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सार्कका राष्ट्र तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्स सुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा सार्क राष्ट्रका सार्कका राष्ट्र तथा सरकार प्रमुखहरू भिडियो कन्फ्रेन्सका लागि सहमत भएका हुन्। भिडियो कन्फ्रेन्समा सहभागी हुन दुई साता अघि मात्र मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसमेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवार पुगेका छन् ।

भिडियो कन्फ्रेन्समा अफगानिस्तान, माल्दिभ्स, श्रीलंका र राष्ट्रपति तथा भुटान र बंगलादेशका प्रधानमन्त्री सहभागी भएका छन् । पाकिस्तानका भने स्वास्थ्य राज्यमन्त्री भिडियो कन्फ्रेन्समा संलग्न भए ।

प्रतिक्रिया दिनुहोस्