सासंदका घरमा कवि गोष्ठी, ८४ वर्षिया आमा अध्यक्ष


९ असोज । मन्त्री वा सासंदको घर भन्ने वितिक्कै सबैले सहज अनुमान लगाउन सक्छन् । त्यहाँ विकास निर्माण वा त्यहीसँग सम्बन्धित गफगाफ र बहस हुन्छन् । तर, काडमाडौँकै एक सासंदको घरमा भने शनिबार अलिक फरक खालको दृष्य देखियो ।

काठमाडौँ क्षेत्र नं. ३ का सासंद रामेश्वर फुयाँलको घरमा शनिबार मान्छेहरु खचाखच थिए । त्यहाँ कुनै राजनीतिक भाषण वा कुनै विवाह वा भोजका लागि समारोह पनि थिएन् ।

राजनीतिक गफगाफ गर्ने भन्दा पनि साहित्यमा बढी रुचि राख्ने र साहित्यसँग सम्वन्धित कवि  साहित्यकारहरुको त्यहाँ बाक्लो उपस्थिति थियो । घुम्ती कवि गोष्ठी नेपालले हरेक महिनाको दोस्रो शनिबार नियमित रुपमा गर्दै आएको ४८ औं ‘घुम्ती कवि गोष्ठी’ को आयोजना सांसद फुयाँलको आलापोट स्थिति घरमा गर्ने चाँजो पाँजो मिलाएपछि त्यहाँ साहित्यकारहरुको जमघट भएको थियो ।

त्यस गोष्ठीमा सासंसद फुयाँलले समेत ‘मेरो देश’ नामक कविता बाचन गरेका थिए । कविता पछि मन्तब्यका राख्दै फुयाँलले नेपाली साहित्यमा काठमाडौँ पूर्वोत्तर क्षेत्रको विशेष योगदान रहेको पनि बताए ।

अरुबेला राजनीतिक भाषण बढी गर्ने फुयाँलले शनिबार भने साहित्यसँगै सम्वन्धित पक्षमा बढी बोलेका थिए । ‘भैरव अर्याल र रमेश विकल जस्ता चर्चित साहित्यकारहरु यही क्षेत्रले जन्मायो,’ उनले भने ‘उहाँहरुको सम्मान र साहित्यको विकासका लागि क्षेत्रलाई साहित्यिक संग्राहलयका रुपमा विकास गर्न आवश्यक छ ।’ उनले समाजको विकृति र विसङ्गती हटाउँन साहित्यले ठूलो योगदान पु¥याउँने पनि दाबी गरे ।

उनले साहित्यिक विकासका लागि आब ०७३/०७४ को निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट बालबालिकालाई पद्य शैलीको छन्द कविता र बाल कथा साहित्य सिर्जनाको तालिम संचालन गर्ने योजना पनि सुनाए । सांसद फुयाँलकै संयोजनमा भएको उक्त कार्यक्रमको अध्यक्षता उनकी ८४ वर्षीया आमा नन्दकुमारी फुयाँलले गरेकी थिइन् ।

साहित्यकार जगन्नाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त गोष्ठीमा साहित्यकारहरु गोविन्द घिमिरे वेदमणी, बाजुरामप्रसाद पौडेल, कनाप महर्षी, आर एम डंगोल,विनोद मञ्जन, गायत्री विष्ट, पुण्य गौतम, पिताम्वर भण्डारी, विमल अर्याल, बसन्त रिजाल, बालमुकुन्द कार्की, विष्णु फुयाल, वैरागी जेठा, यदुनाथ बसन्तपुरे, खडानन्द बराल र पिताम्वर भण्डारी लगाएत ४७ जनाले कविता बाचन गरेका थिए ।

नयाँ पुस्तालाई साहित्यप्रति उत्प्रेरित गर्न तथा समाज परिवर्तन र रुपान्तरणमा योगदान पु¥उाउने उद्धेश्यले मासिक रुपमा कार्यक्रम आयोजना गरेको आयोजकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्