सासंदलाई एमालेको हृवीप, राजधानी नछाड्न निर्देशन


४ कार्तिक  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ताका लागि अगुवाई गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी संसद बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन हृवीप जारी गरेको छ ।

संसद सचिवालयमा प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । आइतबारको बैठकमा कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश गर्ने तयारी भएपछि एमालेले यस्तो हृवीप जारी गरेको हो ।

नेकपा माओवादी केन्द्र र एमालेको प्रस्ताव र समर्थनमा १५७ सांसदहरुले हस्ताक्षर गरेपछि अहिले कार्की स्वतः निलम्बनमा परेका छन् । महाअभियोग लगाउँन दुइतिहाई  मत चाहिने भएकाले पनि एमालेले काठमाडौं उपत्यका बाहिर रहेका सांसदहरुलाई अनिवार्य रुपमा राजनधानीमै रहन र बैठकमा उपस्थित हुन हृवीप जारी गरेको एमालेले जानकारी दिएको छ ।   यसअघि विहीबारको बैठकमै प्रस्ताव पेश गर्ने भनिए पनि संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्