सिँचाइमन्त्री दीपक गिरीलाई ५१ किलोको माला


२२ भदौ । सिँचाइमन्त्री दीपक गिरीलाई तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज ५१ किलोको मालाले स्वागत गरेको छ ।

उनलाई सम्पूर्ण व्यवसायीको तर्फबाट तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले आयोजित कार्यक्रमा सो मालाले स्वागत गरेका हुन् ।

मन्त्री गिरीले दाङको विकास निर्माणका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै अवरुद्ध तुलसीपुरको बिमानस्थल सुचारु गर्न पनि पहल गर्ने बताए ।

यस विषयमा पर्यटन मन्त्रीसंग कुराकानी गर्ने र तुलसीपुर–सुर्खेत सडकखण्डको रोकिएको कालोपत्रे पुरा गर्न पहल गर्ने उनले जानकारी दिए ।

आजै नै सिँचाइमन्त्री गिरीलाई तुलसीपुर नगरपालिकाले पनि स्वागत गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्