सिंगापुरमा सीताको स्वास्थ्य उपचार लम्बियो, प्रचण्ड एक सातापछि स्वदेश फर्किने


काठमाडौं, १२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक सातापछि मात्र स्वदेश फर्किने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि गत ३ गते राती सिंगापुर गएका प्रचण्ड उनको स्वास्थ्य उपचार लम्बिएपछि एक सातापछि मात्र स्वदेश फर्कने भएका हुन् ।
सिंगापुरको एमपी एलिजाबेथ अस्पतालमा सीताको स्वास्थ्य उपचार भइरहेको छ । पिता प्रचण्डसँगै सिंगापुर गएकी पूत्री गंगा मंगलबार स्वदेश फर्किएकी छिन् । स्वदेश फर्किएलगत्तै सामाजिक सञ्जालमार्फत गंगाले आमा सीताको अस्पतालमा वाटर थेरापी भइरहेको र चिकित्सकको निगरानीमा औषधी सेवन गर्ने काम चलिरहेको बताएकी छिन् ।
‘ममिको उपचारका लागि सिंगापुर पुगेर नेपाल फर्किएको छु । वाटर थेरापी र डाक्टरको प्रत्यक्ष निगरानिमा औषधि सेवन गर्ने सल्लाह अनुसार अझै एक हप्ता त्यहीँ बसेर उपचार गर्ने र अहिले ममीको स्वास्थ्यमा निकै सुधार आएको छ । देशको राजनीति र व्यस्तताका बाबजूद पनि ममिको स्वास्थ्य र मनोविज्ञानलाई ख्याल गरेर बुवा उपचार सकेरै एक हप्तापछि नेपाल फर्कनु हुनेछ’, गंगाले फेसबुक वालमा भनेकी छिन‘ममिको स्वास्थ्य र हाम्रो परिवारप्रति चिन्ता, चासो र शुभेच्छा राख्नुहुने सबैमा आभारी छौ ।’
प्रचण्ड ८ असारमा फर्किने कार्यक्रम रहे पनि स्वास्थ्य परीक्षणको अवस्थाले समय लम्बिएको हो ।

प्रतिक्रिया दिनुहोस्