मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी, के हुँदैछ निर्णय ?


काठमाडौं, २४ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताए । अनलाइनखबरसँग उनले भने, ‘सरकारका कामका विषयमा छलफल भइरहेको छ ।

यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्