सिड्नीबाट २५९ नेपाली बोकेर काठमाडौं उड्यो नेपाल एयरलाइन्स


सिड्नी,९ असार ।। अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको जहाज आज काठमाडौं प्रस्थान गरेको छ ।

स्थानीय समय अनुसार साढे ३ बजे नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाज काठमाडौं प्रस्थान गरेको हो । आफ्ना छोराछोरीलाई भेट्न अष्ट्रेलिया आएका अभिभावक र केही पर्यटकहरु छन् जो चार महिनादेखि लकडाउनमा परेका थिए । सोही फ्लाइटमा न्यूजिल्याण्डमा रहेका ११ जना नेपालीहरुलाई पनि सिड्नी हुँदै काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्