सिण्डिकेट नमान्ने कागज गरेपछि यातायात व्यवसायी रिहा


काठमाडौ, २३ वैशाख । विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा भएका छन। उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा हस्ताक्षर गरेर रिहा भएका हुन । शुक्रबार यातायात बन्द गरेपछि सरकारले विभिन्न १८ जिल्लाका ७१ जना व्यवसायीलाई पक्राउ गरेको थियो । यातायात क्षेत्रमा हड्ताल गर्न नपाइने सरकारी व्यवस्था विपरीत यातायात बन्द गरेपछि उनीहरु पक्राउ परेका थिए । यता काठमाडौंमा पक्राउ परेका ६ जना यातायात व्यवसायीले कागज गर्न नमानेकाले रिहा भएका छैनन ।

प्रतिक्रिया दिनुहोस्