सिन्डिकेट विरुद्ध सरकार आक्रमक, देशभर धमाधम पक्राउ पर्दै यातायात व्यवसायी


काठमाडौ, २१ वैशाख । सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले मनोमानी रुपमा गाडी चलाउन पाउनुपर्ने माग गर्दैै देशभरिका सडक अवरुद्ध गरेपछि सरकारले एक्सन लिने भएको छ । विगतमा कमजोर सरकारको फाइदा उठाएर मनोमानी गर्दै आएका यातायात व्यवसायीले सरकारलाई झुकाउन आन्दोलन थालेपनि सरकारले भने नझुक्ने संकेत गरेको छ । शुक्रवार बिहानैदेखि उपत्यका लगायतको यातायात ठप्प पारेपछि सरकारले एक्सनमा उत्रने चेतावनी दिएको हो । गृहमन्त्री रामबहादुर थापाले सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन नै दिएपछि ती व्यवसायीहरु अझ झस्किएका छन । गृहमन्त्री थापाले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका हुन ।
गृहमन्त्रीको निर्देशन सँगै केही यातायात व्यवसायी पक्राउ परेका छन । उनीहरु पक्राउपरे पछि आन्दोलन स्वत कमजोर बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्