सिन्धुपाल्चोकमा पहिरो अपडेट: ११ जनाको शव फेला, उद्धार कार्य जारी


सिन्धुपाल्चोक, ३० साउन । जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरामा परी बेपत्ता भएका मध्ये ११ जनाको शव फेला परेको छ । पहिरामा परेकामध्ये अझै २७ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।
पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । पहिरोमा परी बेपत्ता भएका अन्य २७ जनाको उद्धार कार्य जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्