सिन्धुपाल्चोक पहिरो अपडेट :नौ जनाको शब भेटियो, २३ वेपत्ता,पाँच जनाको जीवित नै उद्धार


सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्थाङ नागपुजेमा पहिरोमा पुरिएका मध्ये नौ जनाको शब भेटिको छ । उहाँका अनुसार पहिरामा ज्यान गुमाउनेमा नागपुजे गाउँका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीय ट्याक्से शेर्पा, ४२ वर्षीया ज्ञानीमाया प्रधान, भिरखर्क बिक टोलका २३ वर्षीय जुनु बिक, २४ वर्षीय सुकुलाल बिक, आठ वर्षीय सन्देश बिक तथा नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल नेवार र ४२ वर्षीया हीरामाया श्रेष्ठ रहेका छन् । क्षतिको विवरण सङ्कलन भइरहेको छ ।   भिरखर्क पहिरामा बेपत्तामध्ये पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अवस्थामा फेला परेका उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

उक्त पहिरोमा २३ जना वेपत्ता भएका छन् । पहिरोले २५ घर बगाएको छ भने २१० घर जोखिममा रहेको छ । सभामुख अग्नीप्रसाद सापकोटाको टोली घटनास्थल पुगेको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्