सिन्धुलीका दस गाविस बन्द


१९ मंसिर । सिन्धुली जिल्लाको १० गाविस आइतबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । स्थानीय तह पुनः संरचना प्राविधिक समितिले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै ती गाविसहरु बन्द गरिएको हो । कमलाखोज क्षेत्रका १० गाविस हत्पते, सिर्थौली, हर्षाही, जिनाखु, अरुणठाकुर, ककुरठाकुर, साविक लदाभिर, टाडी र दुधौली (हाल दुधौली नगरपालिका) गाविस बन्दको आह्वान गरिएको छ ।

जिल्लास्तरीय पुनः संरचना प्राविधिक समितिले जनताको भावना विपरीत स्थानीय विकास अधिकारीको निवासमा बसेर स्थानीय तहको सिफारिस गर्दा आफूहरु समस्यामा परेको भन्दै आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयवासीले बताएका छन् ।

समितिले पुनः संरचना आयोगमा सिफारिस गर्दा हालको दुधौली नगरपालिकामा अन्य सात गाविस मिसाउँदै दुधौली नगरपालिका नामाकरण गरेको र त्यसको सदरमुकाम दुधौलीलाई नै बनाएकोप्रति स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरुले सात गाविस र दुधौली नगरपालिकाको बीच भागलाई केन्द्र बनाउनुपर्ने तथा नगरपालिकाको नाम भूगोलबाट राख्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्