सिन्धुली माभरको गीत सम्पादन हुँदै


sindhuli mavar

२१ जेठ । सिन्धुली माभर पर्यो मेरो गाउँ…….गीतको भिडियो सुटिङ सकेर सम्पादन कार्यमा अघि बढेको छ ।

गायक सगुन तामाङको शब्द, संगीत र स्वरमा निर्मित भिडियोमा सिन्धुली चैनपुरका दृश्यहरु कैद गरिएको छ ।
बुद्ध लामा तामाङको निर्देशनमा निर्मित भिडियोमा निराजन तामाङ , लक्ष्मी घिसिङ लिम्बु, सजिना गोले तामाङ, सुनिता गोले तामाङ र गायक स्वयंले अभिनय गरेका छन् ।

विक्रम मोक्तान तामाङले छाँयाङ्कन गरेको भिडियो दिपक तामाङले सम्पादनको कार्य अगाडि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्