सिरियामा ७९ हजारभन्दा बढी सर्वसाधारण मारिए


काठमाडौँः सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको सिरियाको आन्दोलन अहिले गृहयुद्धमा फसेको छ । गृहयुद्धका क्रममा त्यहाँ धेरैको मृत्यु भएको छ । सिरियाको मध्य प्रान्त होम्समा पछिल्लो पटक भएको युद्धमा बम विस्फोट हुँदा कम्तीमा १२ को मृत्यु भएको छ । विस्फोटमा परी अन्य ४० जना घाइते भएका राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ । होम्स सहरको पूर्वी भागमा पर्ने मुआरम अल फुकानीमा यो घटना भएको जनाइएको छ । सहरनजिकै इस्लामिक स्टेट र अल कायदासँग आवद्ध नुस्रा फ्रन्टको बलियो प्रभाव रहेकाले घटना उसैले घटाएको हुन सक्ने अनुमान गरिएको छ ।
यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका छन् । त्यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्