सिरियाली राष्ट्रपतिद्वारा आत्मसमर्पण गर्ने विद्रोहीलाई आम माफीको घोषणा


१३ साउन । सिरियाली राष्ट्रपति बसर अल असदले द्वन्द्वरत विद्रोहीप्रति लक्षितगरी बिहीबार आम माफीको घोषणा गरेका छन् ।

राष्ट्रपति असदले द्वन्द्वरत सशस्त्र विद्रोहीले यदि सरकारसमक्ष आत्मसमर्पण गर्न आएमा उनीहरुलाई आम माफी दिइने बताएको सिरियाको सरकारी समाचार संस्था सानाले जनाएको छ ।

हतियार बोकेका तर न्यायका लागि सरकार समक्ष अनुरोध गर्ने सबै द्वन्द्वरत विद्रोहीलाई हतियार बिसाएर शान्तिपूर्ण जीवन बिताउन चाहेमा उनीहरुमाथि यसअघि लागेका सबै सजाय मिनाह गरिने भएको सानाले राष्ट्रपति असदको भनाइलाई उद्धृत गर्दै बताएको छ ।

सरकारले विद्रोहीलाई यसका लागि तीन महिनाको समय दिएको बताइएको छ । रासस÷एएफपी

प्रतिक्रिया दिनुहोस्